प्यालेष्टाइन र इजरायलकाे सम्बन्धमा कुटनीतिक अवरोध नगरेको अमेरिकाको दाबी, परिस्थितिलाई खुकुलो पार्न चीनको आग्रह

Photo : CFR.org
Photo : CFR.org

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेष्टाइन र इजरायल समस्याबारे चर्चा गर्दै अमेरिकाले सुरक्षा परिषद्को सम्बद्ध कुटनीतिक गतिबिधिमा अवरोध नगरेको दाबी गरेका छन्।

इजरायल र प्यालेस्टाइनबीच एक सातदेखि भएका द्वन्द्वका कारण २१५ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले बुधबार इजरायल–प्यालेटिाइन विषयबारे चर्चा गर्दै अमेरिकाले आफ्नो भनाइ र गराइ एउटै राख्न तथा ठूलो मुलुकको आवश्यक कर्तव्य बहन गरी प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न, विश्वासिलो वातावरण निर्माण गर्न र राजनीतिक तवरले समस्याको समाधान गर्न वास्तविक भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।

उनले अमेरिका इजरायल–प्यालेटाइन द्वन्द्व अन्त्यका लागि खुलेर अघि बढ्नुपर्ने बताएका छन्। 

हाल चीनका परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन र इजरायल समस्यासम्बन्धी आपत्कालीन सम्मेलनमा तनावपूर्ण स्थितिलाई निकास दिनका लागि चीनको तर्फबाट एक प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: : 2021-05-20 05:42:00

प्रतिकृया दिनुहोस्