कोरोनाबाट एकै दिन २४६ जनाको मृत्यु, ८१७३ जनामा संक्रमण

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४६ जनाको मृत्यु भएको छ। 

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2021-05-19 16:45:00

प्रतिकृया दिनुहोस्