यसकारण युरोकप खेल्न नपाउने भए बार्सिलोनाका गोलकिपर टेर स्टेगेन

Photo : SBSsports
Photo : SBSsports

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन्। 

हालै उनको घुँडामा भएको चोटको कारण युरोकप नखेल्ने भएका हुन्। उनको शल्यक्रिया हुन लागेको क्लबले जनाएको छ। 

सामाजिक सञ्जालमार्फत् स्टेगेनले यसबारे जानकारी दिदै युरो गुमाउन पर्दा आफूलाई दुख लागेको बताएका छन्।

युरोकप फुटबल युरोपका विभिन्न ११ शहरमा जुन ११ देखि सुरु हुँदैछ। 
 

प्रकाशित मिति: : 2021-05-18 06:31:00

प्रतिकृया दिनुहोस्