कोरोनाबाट एकै दिन २१४ जनाको मृत्यु, ९ हजार २४७ जना संक्रमित 

Photo - RSS
Photo - RSS

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २१४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार लाख ६४ हजार २१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म तीन लाख ४५ हजार ५२३ जना कोरोना भाइरसबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

हाल देशभर एक लाख १३ हजार ४८० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-17 17:28:00

प्रतिकृया दिनुहोस्