गोवा मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा थप १३ बिरामीको मृत्यु

Photo - PTI
Photo - PTI

भारतको गोवास्थित गोवा मेडिकल कलेज एण्ड अस्पतालमा अक्सिजन अभाव हुँदा थप १३ बिरामीको मृत्यु भएको छ।

मृतकको कारण अहिलेसम्म जानकारीमा नआएको अस्पतालका जनसम्पर्क अधिकारी महेश कांबलीले बताएका छन्। तर, अक्सिजन अभावले मृत्यु भएको अस्पताल स्रोतले दाबी गरेको छ।

नौ जना बिरामीको मृत्यु राति २ देखि बिहान ६ बजेको बिचमा भएको जनसम्पर्क अधिकारी कांबलीको भनाई छ। जबकि, ४ बिरामीको मृत्यु बिहान ६ देखि ८ बजेको बिचमा भएको थियो।

गोवाको विपक्षी पार्टीले अस्पतालको शय्यामा पुग्दा समेत अक्सिजन अभावका कारण ज्यान गुमाउनु परेकोमा राज्य सरकारको तीब्र आलोचना गरेको छ।

बम्बै हाईकोर्टको गोवा शाखाले अक्सिजन अभाव भइरहेको चिन्ता व्यक्त गरेको अर्कोदिन १३ बिरामीले ज्यान गुमाएका हुन्।

यसअघि मे–१२ मा गोवा मेडिकल कलेजमा उपचाररत १४ कोरोना संक्रमितको अक्सिजन अभावका कारण मृत्यु भएको द वायरले जनाएको छ।

मे–११ मा पनि अक्सिजन अभाव हुँदा उपचाररत २१ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको थियो। अक्सिजन आपूर्ति रोकिएपछि ७२ घण्टाको अवधिमा ४८ बिरामीको ज्यान गएको हो।

उपचारका लागि अस्पताल पुगेका बिरामीहरू धमाधम मर्न थालेपछि गोवाका स्वास्थ्य मन्त्री विश्वजीत राणेले हाईकोर्टबाट उच्चस्तरिय छानविनको माग गरेका छन्।

प्रकाशित मिति: : 2021-05-16 13:24:00

प्रतिकृया दिनुहोस्