चक्रवाती तूफान गोवास्थित समुन्द्री तटमा

Photo - ANI
Photo - ANI

चक्रवाती तूफान गोवास्थित समुन्द्री तटसम्म पुगेको छ।

यस क्षेत्रमा आँधीको तीब्र बेगसँगै भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चक्रवाती तूफानले समुन्द्री आसपान र नजिकैका इलाकामा क्षति पु-याउने आशंकासँगै गुजरात राज्यलाई हाई अलर्टमा राखिएको छ।

मुम्बईको समुन्द्री तटमा चक्रवातीको अनुमान गरिएसँगै प्रभाव पर्ने स्थानहरूका नागरिकलाई सुरक्षित गरिएको हो।

आइतबार राति नै गोवा, महाराष्ट्र, गुजरात र कर्नाटक राज्यका कोरोना संक्रमित बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ।

तूफानका कारण कर्नाटकमा भएको तीब्र वर्षाका कारण ४ जनाको मृत्यु भएको छ। राज्यका झण्डै ७३ गाउँमा चक्रवातीको प्रभाव देखिएको हो।

प्रकाशित मिति: : 2021-05-16 12:00:00

प्रतिकृया दिनुहोस्