कोरोना कहरः भारतमा यसवर्ष दश लाखको मृत्यु भएको आशंका

Photo - Bhaskar
Photo - Bhaskar

कोरोना भाइरस महामारीले विश्व नै आतंकित बनिरहेको छ। बन्दाबन्दीले जताततै तनाव बाहेक केही छैन। मानिस घरभित्रै थुनिएको महिनौं भइसक्दा समेत महामारीबाट तत्कालै उन्मुक्ति पाउने कुनै उपाय देखिँदैन।

ठूला देशहरूमा ‘खोप राजनीति’ चलिरहेको छ। तर, गरिब देशमा भाइरसविरूद्धको खोप पर्याप्य मात्र सप्लाई हुन सकेको छैन। पछिल्लो समय छिमेकी राष्ट्र भारतका विभिन्न शहरमा देखिएका दृश्यले नेपाली समाजसम्म त्रासै–त्रास फिजाएको छ। जहाँ मृतकको चिताले कुनै युद्धरत मैदान भन्दा कम देखाउँदैन।

विश्वभर अहिलेसम्म ७१ लाखदेखि एक करोडको हाराहारीमा कोरोना भाइरसबाट मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। यसवर्ष भारतमा मात्रै दश लाख मानिसको भाइरसबाट मृत्यु भइसकेको छ।

कोरोना प्रभावित देशहरूको तथ्याङ्क संकलन गरेको इकोनोमिस्टले प्रायः देशमा थप मृत्यु हुनसक्ने अनुमान लगाएको छ। यो तथ्याङ्क कोरोना संक्रमितको दर, मृत्यु भएको संख्या, उमेर हद र परिक्षण संख्यामा आधारित छ।

कोरोना महामारीको सबैभन्दा नराम्रो असर निम्न वर्गको समुदायमा परेको छ। र, कतिपय धनी राष्ट्रहरूमा समेत मृत्यु हुनेको दर उच्च छ। तर, कोरोनाबाट मरेका ६७ लाख मानिसको कुनैपनि देशले गणना नगरेको इकोनोमिस्टले उल्लेख गरेको छ। जो– अधिकतर गरिब र मध्यम आयस्रोत भएको देशका नागरिक हुन्। यो तथ्याङ्क अनुसार भारतको पछिल्लो अवस्था ठ्याक्कै मिल्दोजुल्दो छ।

जस्तै– जनसंख्याको अनुपातमा मृत्युको संख्या पेरूमा भारत भन्दा ढाई गुना धेरै छ। सन् २०२० मा ५२ मध्ये ३३ हप्ता दिनहुँ मृतकको संख्या बढी छ।

भारतीय सरकारी तथ्याङ्क स्रोतका अनुसार ४ हजारदेखि ६ हजारसम्म दैनिकजसो मानिस मरिरहेका छन्। तर, यो संख्यामा सत्यता नभएको स्वतन्त्र अनुसन्धानकर्ताले बताएका छन्। उनीहरूका अनुसार यहाँ ८ हजारदेखि ३२ हजारसम्म मानिस प्रतिदिन कोरोनाबाट मरिरहेका छन्।

इकोनोमिस्टलाई आधार मान्ने हो भने यस वर्ष भारतमा लगभग दश लाखको मृत्यु भइसकेको छ। कोरोनाका कारण एसियामा मात्रै अहिलेसम्म झण्डै २४ देखि ७१ लाखको बिचमा मृत्यु भएको अनुमान छ।

प्रकाशित मिति: : 2021-05-16 10:53:00

प्रतिकृया दिनुहोस्