मुम्बईमा कोरोना संक्रमितको संख्या घट्दै

Photo : NDTV
Photo : NDTV

भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमणको गतिमा कम हुँदै गएको छ।

खासगरी भारतको आर्थिक राजधानी मुम्बईमा नयाँ संक्रमितको संख्यामा दिनप्रति दिन कम्–कम् भइरहेको महाराष्ट्र स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

मुम्बईमा शनिबार एक हजार एक सय ४७ नयाँ कोरोनाको संक्रमित थपिएका छन्। यहाँ नयाँ संक्रमित संख्याको तुलनामा दुई हजार तीन सय ३३ सन्चो भएर अस्पतालबाट घर फर्किएका छन्। उपचाररत ६२ जनाको भने मृत्यु भएको छ। 

नयाँ संक्रमित घट्दै गएपछि मुम्बईमा सक्रिय कोरोना बिरामी कम हुन थालेका छन्। अहिलेसम्म मुम्बईमा ३६ हजार ६ सय ७४ संक्रमितको विभिन्न कोरोना अस्पतालमा उपचार भइरहेको छ। तर, शनिबार बेलुकीसम्म ६ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट मुक्ति पाएर घर फर्किसकेका छन्।

महामारीको केन्द्र मानिएको मुम्बईमा संक्रमित संख्य कम भएसँगै शहर पुरानै अवस्थामा फर्किने आशा गरेका छन्।महाराष्ट्र राज्य सरकारले मुम्बई पूर्णरुपमा कोरोनाबाट मुक्त नभएसम्म सरकारी नियमको पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-05-16 07:29:00

प्रतिकृया दिनुहोस्