शिवहरी पौडेल कोरोना संक्रमित 

Cine Khabar
Cine Khabar

हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित भएका छन्। रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। 

यतिबेला उनको नैकापस्थित एपिअफ हस्पिटलमामा उपचार भइरहेको जानकारी प्राप्त छ। अस्पताल भर्ना भएलगत्तै श्वासप्रश्वासमा समस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ।

त्यस्तै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री वर्षा राउत, वितरक नरेन्द्र महर्जन, निर्देशक ऋषि लामिछाने दाम्पति लगायतमा कोरोना संक्रमण देखिएको छ । 

प्रकाशित मिति: : 2021-05-14 14:54:00

प्रतिकृया दिनुहोस्