शनिबार, १२ जुलाई २०२५

नेपाल टेलिकमले ल्यायो 'अनलिमिटेड डाटा प्याक'

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2021-05-13 18:43:00
News Image
• • •

नेपाल टेलिकमले  बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको व्यवस्था गरेको छ। 

कोरोना महामारीलाई मध्यनजरमा राखी नेपाल टेलिकमले अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनसको व्यवस्था गरेको हो 

मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था भएका कारण नेपाल टेलिकमले सो अफर दिएको हो। अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ। यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ। 

दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ। यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।

यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने छ। रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ। यसैगरी रु. ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ। 

यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्नका साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने/नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *४४४# डायल गर्नुपर्दछ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?