नेपाल टेलिकमको आर्थिक वर्ष २०७७/७८ को तृतीय त्रैमासिकको वित्तीय विवरण

File photo
File photo

नेपाल टेलिकमले आर्थिक वर्ष २०७७। ७८ को  तृतीय त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले मुनाफामा असर परेको जनाउँदै तृतीय त्रैमासिक वित्तीय विवरणको सारांशनिम्नानुसार प्रस्तुत गरेको छ ।

१. चालु आ.व. को प्रथम र द्वित्तीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः रु. ८,६३,५३,४०,०४१ र रु. ९,०८,९५,७३,४६२ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा रु. ६३,६८,६५,९९७ (७ प्रतिशत) ले वृद्धि भई रु. ९,७२,६४,३९,४५९ रहेको।

२.चालु आ.व. को प्रथम र द्वितीय त्रैमासिकमा खुद मुनाफा क्रमशः रु. १,५१,७७,६९,३८१ र रु. १,७७,१६,२५,०७९ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा द्वितीय त्रैमासिकको भन्दा रु ८२,३४,५२,३७० ले वृद्धि भई रु. २,५९,५०,७७,४४९ रहेको।

३.गत आ.व. को तृतीय त्रैमासिक सम्मको कुल सेवा वापतको आय रु. २६,८३,६६,४५,२७२ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल सेवा वापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई रु.२७,४५,१३,५२,९६१ रहेको।

४.गत आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ८,७९,७०,६९,१८३ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ९२,९३,७०,२७६ ले वृद्धि भई रु. ९,७२,६४,३९,४५९ रहेको।

५.गत आ.व. को तृतीय त्रैमासिक सम्मको कुल आय रु ३२,२७,२३,२३,०४६ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल आय रु ३१,६७,३७,७३,९३७ रहेको तथा गत आ.व. को तृतीय त्रैमासिक सम्मको खुद मुनाफा रु ७,५६,५५,१५,३८० रहेकोमा चालु आ.व. को सोही अवधिमा खुद मुनाफा रु ५,८८,४४,७१,९०९ रहेको।
 
यी शिर्षकहरुमा चालु आ.व.मा कमी आउनुका प्रमुख कारणहरु निम्नानुसार रहेको छ। 

क.  कोरोना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको।
 
ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घट्न गएको हुँदा ब्याज आम्दानीमा कमी आएको।

ग. कोरोना महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा म्बतब एबअपबनभ उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा म्बतब को ऋयलकगmउतष्यल बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको। 
  
घ. कोरोनामहामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा इत्त् को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको।

ङ. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी विस्तार जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको।

प्रकाशित मिति: : 2021-05-13 14:35:00

प्रतिकृया दिनुहोस्