चट्याङले युवकको मृत्यु, श्रीमान–श्रीमती घाइते

हावाहुरी र वर्षासँगै परेको चट्याङले मोरङको रंगेलीमा एक युवाको मृत्यु भएको छ। जहदामा एकै परिवारका श्रीमान र श्रीमती घाइते भएका छन्।

रंगेलीमा आइतबार बिहान परेको चट्याङले लागेर रंगेली नगरपालिका–१ का ३० वर्षीय प्रवीन माझीको मृत्यु भएको हो। बारीमा काम गरिरहेका बेला बिहान पौने ९ बजेतिर परेको चट्याङले लागेर उनी गम्भीर घाइते भएका थिए।

उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले दिए। त्यस्तै जहदा गाउँपालिका–६ पोखरीयामा चट्याङले लागेर घरमा बसिरहेका श्रीमान–श्रीमती घाइते भएका छन्। बिहान ९ बजेतिर परेको चट्याङले लागेर ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती जननारा खातुन घाइते भएका हुन्।

घरमा बसिरहेका बेला चट्याङले लागेर दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2021-05-09 12:52:00

प्रतिकृया दिनुहोस्