कर्णाली प्रदेशमा २४६ जना कोरोना जितेर फिर्ता

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन्।

संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम (पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रवीन खड्काले जानकारी दिए।

यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन्।  त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ।

तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। रासस
 

प्रकाशित मिति: : 2021-05-08 19:15:00

प्रतिकृया दिनुहोस्