मोरङमा निषेधाज्ञा जेठ १ गतेसम्मका लागि थप

मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख १४ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागी अल्पकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो।

प्रकाशित मिति: : 2021-05-06 16:39:00

प्रतिकृया दिनुहोस्