विराटनगरमा सात जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विराटनगरमा सात जनाको मृत्यु भएको छ।
विराटनगर स्थित विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको मृत्यु भएको हो। विराटनगर स्थित कोसी कोभिड अस्पतालमा चार जनाको मृत्यु भएको छ भने नोबेल मेडिकल कलेजमा दुई जना र न्यूरो अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ।

कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षे पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षे पुरुष, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षे पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षे पुरुषको बिहीबार मृत्यु भएको हो।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि एक जना महिला र एक जना पुरुष कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृतक महिलामा पाठेघरको र पुरुषमा मुटुको पुरानो समस्या थियो।

यता विराटनगरकै न्युरो अस्पतालमा उपचाररत मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षे युवकको पनि मृत्यु भएको छ।

दुर्घटनामा परेर अस्पतालमा उपचार गराइरहेका युवकमा उपचारकै क्रममा संक्रमण देखापरेको थियो।

प्रकाशित मिति: : 2021-05-06 16:00:00

प्रतिकृया दिनुहोस्