विवादमा तानिए मेयर मुन्नी साह 

लहान नगरपालिकाका मेयर मुन्नी साह विवादमा तानिएका छन्।

मेयर साहले ऐलानी जग्गा कब्जा गरेर आफ्नो घर बनाएको आरोप लागेको छ। स्थानीयवासीले मेयर साहले ऐलानी जग्गा कब्जा गरेर घर बनाएको आरोप लगाएका हुन्।

स्थानियवासीहरूले नेपाल पत्रकार महासंघका निवर्तमान सभापति तथा मधेश मिडिया मिशनका केन्द्रीय अध्यक्ष दिनेश्वर प्रशाद गुप्तासमक्ष मेयर साहले ऐलानी जग्गा कब्जा गरेर घर बनाएको दाबी गरेका छन्।

गुप्ताले कानूनी लडाईँ लड्न स्थानियलाई सुझाव दिएका छन्। गुप्ता मधेश आन्दोलनका सुत्रधार मानिन्छन्।

मेयर मुन्नी साह पछिल्लो पटक विवादमा तानिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
 

प्रकाशित मिति: : 2021-05-06 10:04:00

प्रतिकृया दिनुहोस्