कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य सम्पन्न

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य सम्पन्न भएको छ।

नेपाली सेनाको विकास निर्माण दलले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको हो। यससँगै करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको काम सकिएको छ।

सेनाले सडक निर्माण कार्य सम्पन्न गरेको क्षेत्र मध्यकवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर क्षेत्रमा यसअघि नै यातायात सञ्चालनमा रहेको भए पनिअहिले निर्माण कार्य सम्पन्न भएको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटर सडकमा भने सेनाबाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति दिइएको छैन। 

प्रकाशित मिति: : 2021-05-06 07:17:00

प्रतिकृया दिनुहोस्