उर्लाबारी-७ का वडाध्यक्ष वीरबल थापालाई कोरोना संक्रमण भएको छ।ज्वरो आएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको थापाले बताए ।
थापा हाल उर्लाबारी–७ स्थित निवासमै आराम गर्दै होम आइसोलेसनमा छन्।
यसअघि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे र जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनालाई पनि कोरोना संक्रमण देखिएको थियो।