कोरोना महामारी पनि साङ्घाइमा पर्यटकको लर्को

Photo : Chinadaily.com
Photo : Chinadaily.com

विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ।

शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन्।

यो सन् २०२० को सोही अवधिको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ।

‘श्रमिक दिवस’को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुईलगायत पाँच नयाँ क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरू गरेका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2021-05-04 07:32:00

प्रतिकृया दिनुहोस्