दुर्गापुरीमा युवा संघको कोरोना सचेतना अभियान 

कोरोना सचेतना अभियान कार्यक्रम नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले सोमबार उर्लाबारीको दुर्गापुरी चोक क्षेत्रमा सञ्चालन गरेको छ।

युवा संघ, उर्लाबारी ८ र ९ नम्बर वडा कमिटीको संयुक्त आयोजनामा दुर्गापुरी चोक क्षेत्रमा अभिययान संचालन गरिएको हो।

अभियानमा प्रहरी चौकी दुर्गापुरी र ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले पनि सहयोग गरेका थिए। सो अभियान अन्र्तगत सर्वसाधरणलाई मास्क वितरण गर्नुका साथै कोरोना भाईरसबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको थियो।

अभियानमा द आर्ट स्टुडियोका संचालक बिष्णु थापा, केशब घिमिरे र अनिल धिमालले सहयोग गरेका थिए। कार्यक्रमको संयोजन नगरका सहसचिव हेमन्त थापा र सदस्य राकेश कार्कीले गरेका थिए।

पछिल्ला दिनमा कोरोना भाईरसको जोखिम बढ्दै गएपछि उर्लाबारी युवा संघले मास्क वितरण र सचेतना अभियान सञ्चालन गरिरहेको छ।

यसअघि उर्लाबारी चोक र मंगलबारे क्षेत्रमा अभियान गरेको युवा संघले चाँडै आईतबारे चोकमा पनि कार्यक्रम गर्ने तयारी रहेको युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-05-03 18:48:00

प्रतिकृया दिनुहोस्