विदेश जाँनका लागि नोबेलको पीसीआर रिपोर्टलाई सरकारी मान्यता

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाँने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा स्वास्थ्य मन्त्रालयमा बसेको आइसीएस बैठकले न्यूनतम १ सय बेड क्षमता भएका अस्पतालको पीसीआर ल्याबलाई विदेश जाँने प्रयोजनको परीक्षण मान्यता दिने निर्णय गरेसँगै नोबेलले पनि यसको मान्यता पाएको हो।

बैंठकको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले विदेश जाँने प्रयोजनका लागि गरिने पीसीआर परीक्षणको मान्यता प्रदान गरिएको भन्दै नोबेललाई पत्र पठाएको छ।

स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले पठाएको पत्रमा विदेश जाँनेहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउँन भनिएको छ। अब, विदेश जाँनेहरुले नोबेलमा पीसीआर परीक्षण गराउँन सक्ने अस्पताल सञ्चालक डा.सुनिल शर्माले बताए।

यसअघि विदेश जाँनका लागि सरकारी ल्याबहरु र काठमाडौं, ललितपुर र रुपन्देहीका पाँच ल्याबको रिपोर्टलाई मात्र सरकारले मान्यता दिदै आएको थियो। तर, अब नोबेलले पनि मान्यता पाएपछि पूर्वी नेपालका सर्वसाधरणहरुलाई थप सहज हुँने भएको छ। सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेको छ।

सरकारले तोकेको अधिकतम शुल्क भन्दा ५ सय कम अर्थात १ हजार ५ सय रुपैयाँमै नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-05-03 17:45:00

प्रतिकृया दिनुहोस्