भारतमा कोरोना सुनामीः दिनहुँ तीन हजारभन्दा बढी संक्रमितको मृत्यु

Photo:  AFP
Photo: AFP

भारतमा कोरोना महामारी तीब्र गतिमा फैलिरहेको छ।

पछिल्लो दुईसाता यता दिनुहुँ तीन लाखभन्दा धेरै कोरोना संक्रमित बिरामीहरू फेला परिरहेका छन्। महामारीको चरम चपेटामा परेको भारतमा एकैदिन तीन लाख ५० हजार ५ सय ९५ नयाँ कोरोना संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार मात्रै तीन हजार ७१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। भारतमा देखिएको पछिल्लो मृत्यु आकडा डरलाग्दो रहेकोप्रति विश्व स्वास्थ्य संगठनले गम्भीर चिन्ता ब्यक्त गरेको छ। 

भारतका विभिन्न ठाउँमा एकसाता यता लगातार तीन हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ। मुम्बई र नयाँदिल्लीमा बिरामीहरूको छट्पट्टीले आम–मानिसमा त्रासले सीमा पार गरेको चिकित्सकहरू बताउँछन्।

अस्तापताल वरिपरी भरिभराउन बिरामीहरू अक्सिजन सिलिन्डर नै पाउँछैनन्। उनीहरू अक्सिजन अभावकै कारण अस्पतालको बेड र गेटमा मरिरहेका छन्।

भारतमा कोरोनाबाट सन्चो भएर फर्किनेहरूको संख्यापछि दिनप्रति दिन बढिरहेको छ। तरपनि, संक्रमित र मृत्युको संख्या सुनामी सरी फैलिएको छ।

प्रकाशित मिति: : 2021-05-03 08:53:00

प्रतिकृया दिनुहोस्