भारतमा एकैदिन ४ लाख बढी कोरोना संक्रमित

Photo : Indiatimes.com
Photo : Indiatimes.com

भारतमा तत्काल कोरोना कहर रोकिने सम्भावना देखिँदैन।

दिनहुँ यहाँको अवस्था झन्–झन् भयावह बन्दै गएको छ। शुक्रबार मात्रै ४ लाखभन्दा धरै संक्रमित फेला परेका छन्।

कोरोना संक्रमित संख्याकाे नयाँ रेकर्डप्रति चिकित्सकहरूले गम्भीर चिन्तासमेत व्यक्त गरेका छन्। 

यो भन्दा पहिले अमेरिकामा एकदिनको अवधिमा साेही संख्यामा कोरोना संक्रमित भेटिएका थिए। तर, यो संख्यालाई भारतले उछिनेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिलपछि देशका विभिन्न राज्यमा संक्रमितहरूकाे संख्या तीब्र रुपमा बढेको छ। कोरोना महामरीले भयावह बनिरहेको भारतलाई विश्वका ४० भन्दा बढी देशले सहयोग गर्ने भएका छन्।

कोभिड– १९ विरुद्धको लडाईमा विश्वका विभिन्न देशहरुले भारतलाई सहयोग गर्ने भएका हुन्। भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका छन्। 

यसैबीच विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन्।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ।

प्रकाशित मिति: : 2021-05-01 08:53:00

प्रतिकृया दिनुहोस्