अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

Yug khabar
Yug khabar

अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको एक झडपमा परी नौ तालिवान लडाकू मारिएका छन्। यस भडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ। 

लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो। यस झडपको क्रममा सुरक्षा अधिकारीहरु तालिबानले लडाकू समूहको हातहतियार समेत कब्जा लिएको जनाइएको छ। 

यसैगरी घोर प्रान्तमा तालिवान आफैले सडक किनारमा राखेको बम विस्फोटका परी छ तालिवान लडाकूको मृत्यु भएको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ। करिब दुई दशकदेखि अफगानिस्तानमा विद्रोह गररहेका लडाकू समूह तालिवान भने यस विषयमा केही टिप्पणी गरेका छैनन्। रासस 

प्रकाशित मिति: : 2021-04-30 20:04:00

प्रतिकृया दिनुहोस्