विराटनगर र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण फैलिएको विराटनगरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

आइतबार बिहानबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो। माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाकाे वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएकाे हाे।

अन्य पालिकाहरूमा सङ्क्रमणदर कम भएका कारण निषेधाज्ञाकाे निर्णय नभएकाे उनले बताए।

शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बस्त्र बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएकाे उनले बताए।

सवारी साधनलाई पूर्ण रुपमा अवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभाेग्य बस्तुका पसल विहान १० बजेसम्मका लागि खाेल्न दिने निर्णय भएकाे बताए।

‘सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द हुनेछ।’ निराैलाले भने,'अवस्था अनुसार थप निर्णय हुनेछ।'

प्रकाशित मिति: : 2021-04-30 17:58:00

प्रतिकृया दिनुहोस्