गण्डकी प्रदेशमा आज चार दलको बैठक बस्दै छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक बिहान ११ बजे बस्न लागेको राजमो अध्यक्ष शंकर बरालले जानकारी दिए।
यसअघि, राजमो सांसद खिमविक्रम शाहीलाई कोरोना संक्रमित भएपछि रोकिएको प्रदेशसभा बैठक पुनः सूचारु गर्नुपर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको अध्यक्ष बरालले बताए।
'हाम्रा सांसदको कोरोना कोरोना रिपोर्ट फरक–फरक आउँदा शसंकीत भएका थियौं। हिजो (बिहीबार) पुनः परीक्षण गर्दा उहाँमा कोराना भएको पुष्टि भएको छ, हामी क्लियर भयौं।',अध्यक्ष बरालले भने, ‘अब संसदको बैठक बसेर अगाडी बढ्न पर्छ भन्ने विषयमा छलफल गर्न लागेका छौ।'
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहितका २८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यसमा जनता समाजवादी पार्टीले पनि समर्थन जनाएकाे छ।