पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९विरूद्धको खोप अभियान शुरु गर्ने

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप अभियान शुरु गर्ने बताएको छ। 

पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गरएका हुन्। 

खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भन्नुभएको छ, “बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ। पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ। 

यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न शुरु गरेको थियो। 

पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ। रासस 

प्रकाशित मिति: : 2021-04-29 20:33:00

प्रतिकृया दिनुहोस्