एमालेमा प्रवेश गरेका मेयर र उप-मेयरलाई पदमुक्त गर्न माओवादीले पठायाे निर्वाचन आयोगलाई पत्र 

माओवादी केन्द्रले दुई मेयर तथा पाँच उप–मेयरलाई कारबाही गर्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ।

नेकपा (एमाले)मा प्रवेश गरेका रौतहटका दुई मेयर तथा पाँच उप–मेयरलाई माओवादीले पार्टीबाट निष्कासन गर्दै पदमुक्त गर्न आयोगलाई पत्र पठाएको हो।

माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर तथा उप–मेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरीएको पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

पत्रअनुसार मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएकाे हाे। उनीहरु पार्टीको प्रदेश सदस्य हुन्।

यस्तै,मौलापुर नगरपालिकाका उप–प्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्काशित गरेको माओवादी रौतहट जिल्ला सचिव देवेन्द्र पटेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-04-29 14:19:00

प्रतिकृया दिनुहोस्