शनिबार, १२ जुलाई २०२५

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

धरान
2021-04-29 11:23:00
File photo
• • •

धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धनुषाका एक पुरुष संक्रमितको मृत्यु भएको हो।

उपचारको क्रममा ६० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए। 

वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?