प्रदेश नं १ :  १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटामा पाँच, इलाम र उदयपुरमा चारचार, भोजपुर, ताप्लेजुङमा, सङ्खुवासभा र खोटाङमा एकएक र प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ८३४ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९७७ सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३७३ पुगेको छ। 

सोही अवधिमा प्रदेशमा ७७४ को पिसिआर परीक्षण गर्दा ७१ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ९० जना सङ्क्रमित भएको थियो। रासस 

प्रकाशित मिति: : 2021-04-27 20:40:00

प्रतिकृया दिनुहोस्