नेविसंघले बितरण गर्‍याे मास्क र स्यानिटाइजर

नेपाल विद्यार्थी संघले (नेविसंघ) बालाजु बसपार्कस्थित गाडी चालक, सह–चालक र सर्वसाधारणलाई मास्क र स्यानिटाइजर  बितरण गरेको छ।

नेपाल सरकारले यहि बैशाख १६ देखि आकस्मिक रुपमा गरेको लकडाउनपछि आम विद्यार्थी र सर्बसाधरण आ–आफ्नो गाउँ फर्किने तरखरमा रहेको बेला नेविसंघले गाडी चालक, सह–चालक र सर्वसाधारणलाई मास्क र स्यानिटाइजर गरेकाे हाे।

अभियानको नेतृत्व नेविसंघ पूर्व केन्द्रय सदस्य मनिशजङ्ग थापाले गरेका छन्।

मास्क र स्यानिटाइजर बितरणकाे अभियानमा नेविसंघ सामुदायिक क्याम्पस समन्वय समितिका संयोजक परोपकार अधिकारी नेविसंघ नेता सुबर्ण श्रेष्रठ, शुसान्त सिटौला, दिपेन्द्र ढकाल, बासुदेब हमाल–लगायतका विद्यार्थी नेताहरु अभियानताका रुपमा सहभागी थिए।

प्रकाशित मिति: : 2021-04-27 18:39:00

प्रतिकृया दिनुहोस्