बागमतीः सवारी चालक अनुमति पत्रकाे परीक्षा स्थगित

File Photo
File Photo

बागमती प्रदेश सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरेको छ।

प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १२ को निर्णय अनुसार १५ गतेदेखि अर्को सूचना प्रकासन नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको हो। 

साथै, नयाँ तथा वर्गथप दर्ता (बायोमेट्रिक लिने), नविकरणरप्रतिपिली तथा लाइसेन्स वितरण सम्बन्धि कार्यहरू अर्को सूचना प्रकासन नहुन्जेलसम्म यथावत् रूपमा सञ्चारलन हुने जनाइएको छ। 

यसबाट सेवाग्राहीलाई पर्ने जाने असुविधाप्रति कार्यालयले क्षमासमेत मागेको छ। 

प्रकाशित मिति: : 2021-04-27 18:02:00

प्रतिकृया दिनुहोस्