इराकको कोभिड अस्पतालमा अक्सिजनको सिलिण्डर बिष्फोट, ८२ जनाको मृत्यु

Photo: Murtaja Lateef/EPA
Photo: Murtaja Lateef/EPA

इराकको राजधानी बग्दादस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ।

कोभिड १९ का बिरामीहरुको उपचार गरिने उक्त अस्पतालमा अक्सिजनको सिलीण्डर बिष्फोट हुँदा आगलागी भएको त्यहाँका  स्थानीय समाचार माध्यमहरुले जनाएका छन।

अस्पतालमा कार्यरत कर्मचारीहरुको लापरवाहीका कारण अस्पतालमा आगो लागेको प्रधानमन्त्री मुस्तफा अल काले बताएका छन्। साथै उनले अस्पतालका निर्देशकलाई छानविनको लागि पदमुक्त गराउनेसमेत बताए।

बिष्फोटमा ११० जना घाइते भएको इब्न अल-खातिर अस्पतालले बताएको छ।

आइसियूमा रहेका गम्भिर बिरामीको उपचारमा प्रयोग गरिएको अक्सिजन सिलीण्डर बिष्फोटका कारण उक्त घटना भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-04-26 05:46:00

प्रतिकृया दिनुहोस्