मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु

धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ कुसुमबिछौनामा आइतबार दिउँसो १ बजे मोटरसाइकल एक आपसमा ठोक्किँदा सोही ठाउँ बस्ने भोला महतो(२०) र सुनिल शर्मा(२६) को मृत्यु भएको हो। त्यस्तै सन्तोष महतो(२५) गम्भीर घाइते छन्।

जमुनिबादेखि बटेश्वर बजार जाने सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश २०२००२ प ६०२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश २०२००३ प २८७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

भोला र सुनिलको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए।

सो दुर्घटनामा घाइते भएका सन्तोषलाई उपचारका लागि लालगढस्थित मोडेल अस्पतालमा भर्ना गरे पनि थप उपचारका लागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2021-04-25 16:52:00

प्रतिकृया दिनुहोस्