पाकिस्तानमा चिनियाँ राजदूत लक्षित आक्रमण, ४ जनाको मृत्यु

Photo - AFP
Photo - AFP

पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्।

संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको बीबीसीले जनाएकाे छ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ। तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्। विष्फोटको जिम्मा तालिवानले लिएको छ।

क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ। बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ।

उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।



उपन्यास 'माटो बोल्दो हो' को प्रसङ्ग र 'बिग बाङ'  

सैनिक सरकारको बर्बतापछि शरण माग्दै भारत पुगे बर्मेली–नेपाली

प्रकाशित मिति: : 2021-04-22 07:12:00

प्रतिकृया दिनुहोस्