छात्रामाथि अनैतिक कार्य गर्ने 'प्रिन्सिपल' विद्यालयबाट निष्कासित

मोरङको बेलबारी नगरपालिका वडा नं- २ लालभित्तीमा रहेको श्री शिक्षा सन्देश ईङ्लिश स्कुलका प्रिन्सिपल राजेश खत्रीले आफ्नै विद्यालयका छात्रालाई अनैतिक कार्य खुलेको छ। 

चैत्र ११ गते विद्यालयको शैक्षिक भ्रमणको क्रममा काठमाण्डौ गएको बेला उनले छात्रालाई अनैतिक कार्य गरेको  कुरा बाहिर आएको हो। पाँचदिने शैक्षिक भ्रमणमा ३७ जना विद्यार्थी संख्या रहेका थिए। कक्षा १२ को होटल म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीहरुको समुहमा रहेका एक जना छात्रामा  अनैतिक कार्य भएको हो। छात्राको खुट्टा दुखेपछि होटलको कोठामा  एक्लै बसेकी छात्रा माथि दुव्र्यवहार भएको थियो।

ना विवरण अनुसार सबै विद्यार्थीहरु भ्रमणमा निस्के पनि खुट्टा दुखेकी छात्रा कोठामै बसिन्। सो दिन विद्यालयका प्रिन्सिपल खत्री पनि भ्रमणमा गएनन्। कोठामै बसेकी छात्रालाई प्रिन्सिपल खत्रीले सुरुमा ढोका बाहिरबाट ढकढककाएर ढोका खोल्न लगाएका थिए। कोठामा प्रवेश गरेपछि खै कहाँ दुख्यो भनि खत्रीले खुट्टा मिचिदिएका थिए। त्यसपछि छात्रालाई अँगालो हालेर सेल्फी खिचे। संगै उभिएर उचाई नाप्ने जस्ता क्रियाकलाप गरेको छात्राले अभिभावकलाई बताईन्। यी सबै क्रियाकलापबाट सशंकित भएकी छात्राले कोठाबाट बाहिर गएपछि उनका साथीहरुलाई सो कुराको बेलिबिस्तार लगाईन्।

साथीहरुले उनी माथि यौन दुव्र्यवहार र अनैतिक कार्य भएको भन्दै प्रिन्सिपल खत्रीलाई सोही दिन प्रश्न गरेका थिए। त्यसैगरी विद्यालयका अनुशासन प्रमुख रोशन परियारले छात्राहरुलाई वन्दकोठामा राखेर यो घटनालाई अभिभावकलाई सुनाए ठिक हुँदैन भन्दै दवाव दिएका थिए। यस विषयमा विद्यालयका प्रिन्सिपल राजेश खत्रीले भने छात्राको कोठामा गएको स्वीकार गर्दै उनी माथि यौन दुव्र्यवहार भने नगरेको बताएका छन्। उता पीडित परिवारले भने आफ्नो छोरी माथि करणीको आसयले उक्त व्यवहार गरेको बताएका छन्।

घटनाको विषयमा छात्राले राती १२ बजेनै प्रिन्सिपल राजेश खत्रीले आफू माथि अनैतिक कार्य गरेको भन्दै आफ्नो अभिभावकलाई फोन गरेका थिए। घटनाको भोलि पल्ट भ्रमण टोली फर्किएका थिए। भ्रमण टोली आउन साथ पीडित छात्राको परिवारले प्रिन्सिपल खत्रीलाई कारवाहीको लागि दवाव दिएपछि उनलाई विद्यालय संचालन समितिले छात्रा माथि अनैतिक कार्य गरेको भन्दै विद्यालयबाट निष्कासन गरेको हो। त्यसैगरी अनुशासन प्रमुख रोशन परियारलाई पनि छात्राहरुलाई घटनालाई सार्वजानिक नगर्न दिवाव दिएका कारण विद्यालयले निष्कासन गरेको छ।

छात्रालाई अनैतिक कार्य गरेको विषयलाई बाहिर नल्याउन पीडित परिवारलाई वाध्य पारिएपछि उक्त घटना व्यक्ति व्यक्तिमै सिमित रहेको थियो। यस घटनाले विद्यालयको प्रतिष्ठामा आँच आउने भएका कारण देखाउदै विद्यालयका संचालक तथा शिक्षकहरुले पीडित परिवारलाई घटनालाई मिडिया सम्म नपुर्याउन अनुरोध गरे। पीडित परिवारको तर्फबाट पनि विद्यालयको भविष्यको विषयलाई लिएर मौन बसे। तर उक्त अनैतिक कार्य लेनदेनमा मिलाएको भन्ने भित्रभित्रै हल्ला चले पछि पीडित परिवार थप पीडित बने।

यसै विषयमा मोरङ बेलबारी नगरपालिका वडा नं २ का वडाध्यक्ष घनश्याम गौतमले वडा कार्यालयमा उक्त घटनामा पीडित परिवारले पाँच लाख लिएर मिलाएको भनि कुरा गरे पछि पीडित परिवारलाई थप पीडित बने। वडाका अध्यक्षबाटै आधारहिन कुरा गरेर पीडित परिवारलाई आघात पुर्याएको भन्दै पीडित परिवारले बुधवार वडाकार्यालयमै पुगि वडाध्यक्ष घनश्याम गौतम माथि स्पष्टिकरण मागेका थिए। पीडित परिवारका साथै महिला अधिकारकर्मीहरु समेतको उपस्थितिमा वडाध्यक्ष गौतमले आफूले बोलेको विषयमा माफी मागेका थिए।



मेयर फागोको समूहबाट पिटिएका भण्डारी भन्छन्- धम्कीका कारण भूमिगत भएको हुँ

आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग

प्रकाशित मिति: : 2021-04-21 22:10:00

प्रतिकृया दिनुहोस्