आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ।
मंगलबार राति भएको खेलमा दिल्ली क्याटपिल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
दिल्लीलाई जित दिलाउन शिखर धवनले सर्वाधिक ४५ रन बनाए। स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे। कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन जोड्दा आउट भए । शिम्रन हिटमेयरले अविजित १४ रन बनाए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो।
उक्त जितसँगै दिल्लीले ४ खेलमा ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।