चीनले अमेरिकाका सेटेलाइटहरुलाई निष्क्रिय गर्न सक्ने हतियार निर्माण गरेको गरेको छ।
अफिस अफ द डाइरेक्टर अफ नेसनल इण्टिलिजेन्स (ओडीएनआइ)ले एक रिपोर्ट सार्वजनिक गर्दै यो कुरा खुलाएको हो।
रिपोर्टमा उल्लेख भए अनुसार चीनले निर्माण गरेको हतियारले पृथ्वीको तल्लो कक्ष (लियो)मा रहेको सेटेलाइटलाई नष्ट पार्नुको साथै जमिनको साथमा रहेको एन्टी सेटेलाइटको अप्टिकल फाइबरमा रहेको सेन्सरलाई पनि क्षति गर्न सक्छ।
रिपोर्टमा भनिएको छ, 'चीन तिव्र गतिमा अमेरिकाको प्रतिद्वन्दी हुँदै गएको छ। अमेरिकासँग आर्थिक, सैन्य र प्राविधिक रुपमा कडा टक्कर बढेको छ।'
ओडीएनआइका अनुसार ब्रिटेनसँग पनि शक्तिशाली एन्टी सेटेलाइट भएको बताइएको छ। तर त्यती खतरा भने मानिएको छैन।
भारतले पनि मार्च सन् २०१९ मा एन्टी सेटेलाइट मिसाइलको परिक्षण गरेको थियो।