सरु लिम्बुलाई पथरी-शनिश्चरे महिला फुटबल क्लबको सम्मान

नेपालको उदयमान महिला फुटबल खेलाडी सरु लिम्बुलाई पथरी-शनिश्चरे महिला फुटबल क्लबले सम्मान गरेको छ। 

विराटनगरमा दुई वर्षघि आयोजना भएको महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको महिला लिगमा आवद्ध भएकी सरुलाई मंगलबार क्लबले सम्मान गरेको हो।

पथरी-शनिश्चरे नगरपालिका-४ मा आयोजना भएको कार्यक्रममा सरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सह-महासचिव बसन्त अर्यालले सम्मान गरेका थिए।

कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल तथा वडाअध्यक्षको पनि सहभागिता थियो। क्लबकी टिम मेनेजर जमुना मगरको सक्रियतामा आयोजना भएको कार्यक्रममा क्लब अध्यक्ष, टिम कोच विक्रम धिमाल, राष्ट्रिय टोलीका पूर्वडिफेन्डर तथा प्रशिक्षक पारस चौधरीको पनि सहभागिता थियो।

\सरुले अन्डर-१८ र १९ टिमको कप्तानी गरिसकेकी छिन्।

कार्यक्रममा विराटनगर वडा नम्बर १ का वडाध्यक्ष उद्धव अर्याल तथा एन्फाका सह-महासचिव बसन्त अर्यालले खेलकुद सामाग्री पनि क्लबलाई बितरण गरेका थिए।

प्रकाशित मिति: : 2021-04-20 20:56:00

प्रतिकृया दिनुहोस्