युरोपका चर्चित १२ क्लब मिलेर आइतबार युरोपियन सुपर लिगको स्थापना गरेपछि विश्व फुटबल महासंघ (फिफा) रिसले आगो भएको छ।
उसले युरोपका यी क्लबहरूको गतिविधि माथि प्रश्न उठाउँदै कडा चेतावनी पनि दिएको छ।
म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, बार्सिलाना, रियल म्याड्रिड र एसी मिलान जस्ता ठूला क्लबले च्याम्पियन्स लिगलाई कडा टक्कर दिन नयाँ लिगको स्थापना गरेका हुन्।
नयाँ स्थापित लिगको पुरस्कृत रकम च्याम्पियन्स लिगभन्दा निकै ठूलो छ।
प्रतियोगिता अगस्टदेखि सुरु हुनेछ भने यसमा जोडिएका संस्थापक क्लबलाई ४ हजार ८ सय करोड रुपैयाँ उपलब्ध गराउने जानकारी दिइएको थियो।
यो रकम २०२० को च्याम्पियन्स लिगको विजेता क्लबले पाएको रकमभन्दा चार गुणा ठूलो हो।
फिफासँगै युरोपेली फुटबल महासंघ (युएफए) ले क्लबको यस किसिमको निर्णयको विरोध गरेको छ।
फुटबलको यो संस्थाले यस्तो प्रतियोगितामा भाग लिने क्लब तथा खेलाडीलाई विश्वस्तरीय प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाउने बताएको छ।
खेलाडीको हकमा राष्ट्रिय टिमबाट खेल्न पनि प्रतिबन्ध लगाउने धम्की फिफा र युएफएले दिएको छ।
युरोपको विशिष्ट क्लबको भनाई अनुसार कोरोना महामारीका कारण युरोपेली फुटबलको आर्थिक अवस्था कमजोर भएको ५। यसैले रणनीतिक दृष्टिकोणले पुरानो परम्पारालाई परिवर्तन गर्न जरुरी भएको उनीहरूको भनाई।
नयाँ लिगमा आवद्ध १२ क्लबमा लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो जस्ता ख्यातीप्राप्त खेलाडी अनुबन्धित छन्। १२ क्लबमा इंग्ल्याण्डबाट मात्र ६ क्लब आवद्ध छन्।
जसमा आर्सेनल ,चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहाम रहेको छ।
स्पेनबाट ३ क्लब एथ्लेटिको मड्रिड, बार्सिलोना र रियल मड्रिड रहेका छन्। इटालीबाट पनि ३ क्लब एसी मिलान, इन्टर मिलान र युभेन्ट्स समावेश छन्