त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्डससँग नेपाल पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डससँग नेपाल ३ विकेटले पराजित भएको हो।
नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डसले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्या।
नेदरल्याण्ड्सको जितमा बेन कोपर र बास डे लिडले अर्धशतकीय इनिङस् खेले। कोपरले ५५ तथा लिडले ६७ रनको योग्दान गरे। म्याक्सले ९, टोबिअस भिसी १५ बनाएर आउट भए।
नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए। त्यस्तै कुशल मल्ल र अभिनास बोहोराले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ सय ६ रन बनायो।
नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। कुशलले ४५ बलमा ६२ तथा दीपेन्द्रले ३० बलमा ६० रनको योग्दान गरे।
कुशलले कुशलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन्। यससँगै कुशलले लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए। आसिफ शेख शून्य तथा करन केसी १ रनमा आउट भए।
त्यस्तै सोमपाल कामी २१ तथा विनोद भण्डारीले ७ रनाएर अविजित रहे।
नेदरल्याण्ड्सका भिभियन किंग्मा र कप्तान पिटर सिलारले २–२ विकेट लिए। यस्तै, बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए।