त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्यान्डसलाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो।
नेपालको लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। कुशलले ४५ बलमा ६२ तथा दीपेन्द्रले ३० बलमा ६० रनको योग्दान गरे।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए।
आसिफ शेख शून्य तथा करन केसी १ रनमा आउट भए। त्यस्तै सोमपाल कामी २१ तथा विनोद भण्डारीले ७ रन बनाएर अविजित रहे।
नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।