बैठकमा प्रधानमन्त्री भने- नयाँ पार्टी खाेल्ने माधव नेपालकाे अभियान 'देशद्राेही अभियान'

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी खाेल्ने माधब नेपालकाे अभियानलाई 'देशद्राेही अभियान'काे संज्ञा दिएका छन्।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे एमालेकाे केन्द्रीय समितीकाे बैठकलाई सम्बाेधन गर्दै उनले पार्टीमा समानन्तर कमिटी कहिल्यै नहुने दाबी गरे। ओलीले भने - 'समानन्तर कमिटीकाे भ्रम सिर्जना गर्दै माधब नेपाल नयाँ पार्टी खाेल्ने अभियानमा छन्, याे कम्युनिष्ट आन्दाेलनका लागि घातक र देशद्राेही प्रबृती हाे।'

पार्टी छाडेर 'फ्लाेर क्रस' गर्ने कार्यका लागि माधब नेपाललाई इतिहासले थुक्ने बताउँदै ओलीले भने- 'हिजाेमात्र शेरबहादुर देउबालाई भेटेर माधब नेपालले हामी 'फ्लाेर क्रस' गर्छाैं, तपाँईहरू ढुक्क भएर प्रधानमन्त्री बिरूद्द अबिश्वासकाे प्रस्ताब लानु भने। यसले के पुष्टि हुन्छ भने उहाँहरू अराजक, अलाेकतान्त्रिक, अमर्यादित प्रकृयाबाट अघि बढिरहनुभएकाे छ।'

आफूले देशलाई भूपरिबेष्ठितबाट भूजडित बनाउन खाेजेकाे बताएका छन्। बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले प्रधानमन्त्रीकाे भनाई उदृत गर्दै बिएल नेपाली सेबासँग भने- 'भारतकाे नाकाबन्दीसँग मुकाबिला गरेकाे थिएँ, चिनसँगकाे सम्बन्ध तीब्र पारेकाे थिएँ। मेराे यश कामकाे मुलुकभर प्रशंसा हुनथाल्याे, मेराे प्रशंसालाइ धुमिल बनाउन माधब र प्रचण्डहरू लागे।'

दरवारमा दाम चढाएर चुनाव हारेकाे बेला पनि चारैतिर गुहार मागेर माधब नेपाल प्रधानमन्त्री बनेकाे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्वाभिमानकाे साैदा गर्ने माधब नेपालकाे राजनीति सत्तामुखी छ, जुन कम्युनिष्ट आन्दाेलनका लागि घातक भएकाे जिकिर गरे।

शुकरातकाे  शक्तिसँग नझुक, सत्यकाे पक्षमा लड भन्ने भनाई उदृत गर्दै ओलीले भने - 'मलाई दाउपेच गर्ने राजनीतिज्ञ भन्छन् तर म सत्यकाे लागि , निष्ठाकाे लागि दाउपेच गर्नेहरूलाई परास्त गर्ने गर्छु।' 

दिउँसाे १ बजे सुरू भएकाे बैठकमा अध्यक्ष ओलीकाे राजनीतिक प्रतिबेदन परराष्टमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वाचन गरेका थिए।बैठकमा ७ प्रस्ताव दर्ता भएकाे छ। सबै प्रस्तावहरू उपर आउँदाे १० गतेकाे बैठकमा छलफल हुने नेता बलम्पाकीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-04-19 18:58:00

प्रतिकृया दिनुहोस्