त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।
आजको खेलमा मलेसियाले पनि नेपाललाई पराजित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। तर, घरेलु मैदानमा नेपालमाथी जित निकाल्न मलेसियालाई सजिलो भने हुने छैन्।