राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि साढे ४ करोड विनियोजन

ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७/७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा परेका हुन्।आठराई त्रिवेणी गाउँपालिकाका–११ सामुदायिक विद्यालयमा दुई करोड एक लाख विनियोजन भएको छ।

फुगुवा आरभूत विद्यालय, छातेढुङ्गा आधारभूत र जालपा देवी आधारभूत विद्यालयका लागि शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि १९ लाख ५० हजार विनियोजन भएको छ।

सरस्वती माध्यमिक र नमूना आधारभूत विद्यालयमा सिकाइ सामग्री खरीद गर्नका लागि १३ लाख तथा त्रिपुरेश्वर शान्ति आधारभूत र परमसिंहदेवी माध्यमिक विद्यालयमा कक्षाकोठ निर्माण गर्नका लागि ५४ लाख विनियोजन भएको छ। दुर्गा र गुप्तेश्वर माध्यमिक विद्यालयमा शौचालय तथा खाने पानीका लागि १४ लाख विनियोजन भएको उल्लेख छ।

फुङ्लिङ नगरपालिकामा भानु जनमाध्यमिक र जनता माध्यमिक विद्यालयममा खानेपानीसहित शौचालय निर्माणका लागि सात लाखका दरले १४ लाख विनियोजन भएको मन्त्रलयले जनाएको छ।

वीरेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर खरीदका लागि छ लाख ५० हजार रकम विनियोजन भएको छ। मयेम माध्यमिक विद्यालय र मेवाराज आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धनका लागि १४ लाख विनियोजन भएको छ। बाल सुबोधिनी संकृत माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माण गर्न १८ लाख विनियोजन भएको छ। 

प्रकाशित मिति: : 2021-04-16 15:59:00

प्रतिकृया दिनुहोस्