भारत–पाकिस्तान 'संघर्ष रोक्न' दुबईको भूमिका महत्वपूर्ण

Photo - Thequint

दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तान बीचको तनाव कम गर्न दुबईले खेलेको भूमिकाप्रति कूटनीतिज्ञहरूले प्रसंसा गरेका छन्।

अन्तर्राष्ट्रिय मामिलाका जानकार तथा सुरक्षाविदहरूले दुबै देशको पछिल्लो कदमलाई स्वागत समेत गरे।

अमेरिकाका लागि यूएईका राजदूत यूसेफ अल–ओतैबाले भारत–पाकिस्तानको सम्बन्ध सुधार गर्न दुबईले सकारात्मक भूमिका खेलेको स्पष्ट पारेका छन्।

दुईदेश बीच तत्काल राम्रो सम्बन्ध नबने पनि वार्तासम्म सक्दो सहयोग गर्ने अल–ओतैबाले बताए। उनले भने, ‘यीनीहरू राम्रो मित्र नबन्न सक्छन्। तर, हामीहरू कम्तीमा अहिलेको अवस्थासम्म पु-याउन चाहन्छौं। जहाँ एकअर्काबीच संवाद होस्।’

राजदूत अल–ओतैबाले दुईदेशबीच जारी तनाव कम गर्नेमा आफ्नो देशले महत्वपूर्ण भूमिका खेलेको स्वीकार गरेका छन्।

भारत र पाकिस्तानले गत २५ फेब्रअरीमा एकाएक जम्मू–कश्मीरलगायत विवादित सीमा क्षेत्रमा जारी संघर्ष रोक्ने सहमति जनाएका छन्। 

बालाबोट हवाई आक्रमणको दुई वर्षपछि यो कदमलाई जानकारहरूले सुखद यात्राको आरम्भ भएको टिप्पणी गरेका छन्। 



चीनले लद्दाखमा तैनाथ गर्‍याे ‘एचक्यू-९ एयर’

उर्जावान सूर्यबहादुर !

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

 

 

प्रकाशित मिति: : 2021-04-16 08:59:00

प्रतिकृया दिनुहोस्