शनिबार, १२ जुलाई २०२५

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

बिएल संवाददाता

बिएल संवाददाता

झापा
2021-04-15 08:56:00
News Image
• • •

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ।

पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए।

उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?