तौल घटाउनका लागि नियमित व्यायाम र खानपानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ।
तर, व्यस्त जीवनशैली भएका मानिसलाई व्यायाम गर्नका लागि समय निकाल्न वा व्यायामलाई जारी राख्न गाह्रो हुन सक्छ।
त्यसैले व्यायामको समय तालिका मिलाउन नसके पनि खानपानमा केही परिवर्तनलाई यसलाई निरन्तरता दिन सके व्यायाम नगरी पनि तौल घटाउन सकिन्छ। त्यसैले आउनुहोस् चर्चा गरौँ उपायबारे।
निद्रा पुर्याउन जरुरी
निद्राले पनि तौल घटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। पर्याप्त निद्राले तनाव हार्मोनहरू प्रबन्ध गर्छ जसले समय–समयमा भोक र लोभलाई कन्ट्रोल गर्न सक्छ। निद्रा नपुगेको खण्डमा शरीरले कोर्टिसोल हर्मोन उत्पादन गर्दछ, जसले शरीरलाई बोसो पगाल्नबाट रोकिरहेको हुन्छ।
आहारमा फाइबरले भरिएको खाना
तौल घटाउनका लागि अस्वस्थ्यकर खानाको सट्टा, फाइबरयुक्त खानामा जोड दिनुपर्छ। फाइबरले भरिएको खानाले पाचन स्वास्थ्यमा सुधार गर्नुका साथै लामो अवधिका लागि पेट भरिएको महसुस गराउन सक्छ। जसले उच्च क्यालरीयुक्त खानाको सेवनबाट टाढा राख्न मद्दत गर्छ।
प्रशस्त मात्रामा पानी पिउने
धेरै पानी पिउनु र हाइड्रेटेड रहनाले पनि तौल घटाउन मद्दत गर्न सक्छ । यसले शरीरलाई ऊर्जावान र स्फूर्ति प्रदान गर्नुका साथै लामो समयका लागि पेट भरिएको जस्तो महसुस गराएर राख्न सक्छ।
एकै पटकमा धेरै नखाने
मोटोपनको मुख्य कारण भनेको धेरै खानु हो। कहिलेकाहीँ पेट भरिए पनि खाना मिठो हुँदा लोभ गरेर धेरै खाने गर्छौँ जसले तौल बढाउनुका साथै गम्भीर समस्या निम्त्याउन सक्छ। तौल घटाउन चाहने मानिसले आफूले खाइरहेको खानाको अंश हेर्न महत्वपूर्ण छ। एकै पटक धेरै खानेभन्दा पनि थोरैथोरै गर्दै पटक–पटक खानाले तौलमा सुधार ल्याउन मद्दत गर्छ।
जङ्क फुडको सेवन नगर्ने
मानिसलाई कुनै पनि समय भोक लाग्न सक्छ। यस्तो बेलामा जङ्क फुड वा प्रशोधित खाना खान मन लाग्ने हुन्छ। तर, तौल घटाउनका लागि यस्ता आकस्मिक खाने चाहनालाई नियन्त्रण गर्न महत्त्वपूर्ण हुन्छ।