विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता

File photo
File photo

प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने बताएका छन्।

प्रदेश-१ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्ड कप’ को फ्लड लाइट (रात्रि बत्ती) मा विराटनगरको शहीद रङ्गशालामा उद्घाटन गर्दै उनले खेलकूदको विकासमार्फत यस क्षेत्रमा आर्थिक चलायमान गराउने प्रतिबद्धता व्यक्त गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि गर्नुपर्ने विस्तारको लागि लागि तीन तहको सरकारको सहयोग आवश्यक रहेकामा जोड दिए।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, विराट गोल्ड कप ट्रष्टका संयोजक सन्तोष बानियाँ लगायतले यस क्षेत्रमा फुटबल खेलको विकासमा गोल्ड कप प्रतियोगिताले सहयोग पु¥याउने विचार गरे।

आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता रहेको छ। 

प्रकाशित मिति: : 2021-04-08 21:51:00

प्रतिकृया दिनुहोस्