रैथाने मगर युवासँग एमाले नेता बलम्पाकीको संवाद

नेकपा (एमाले) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले महोत्तरीको बर्दिबासका स्थानिय मगर समुदायका युवाहरूसँग राजनीतिक संवाद गरेका छन्।

बिहिबार एक कार्यक्रमबीच एमाले नेता बलम्पाकीले मगर युवाहरूसँग राजनीतिक संवाद गरेका हुन्।

'माओवादीले एक्काइसौँ शताब्दीको जनवाद र एमालेले जनताको बहुदलिय जनवाद छोडेर जनताको जनवादको बाटो तय गरिएको थियो।', नेता बलम्पाकीले भने, 'सर्वोचच अदालतको निर्णयले हामी प्राविधिक रूपमा एमाले भयौँ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारततले हस्तक्षेप गरेको भूभाग समेटेर नक्सा जारी गरेपछि प्रचण्ड र माधव नेपालले ओलीविरूद्व षड्यन्त्र गरेपछि बाध्यात्मक स्थितीले संसद विघटन गर्नु परेको उनले बताए। 

उनले भने, 'ताजा जनादेशमा जाउँभन्दा प्रचण्ड र माधव नेपाल समूहले प्रतिगमन भयो भनेर भ्रम छरे।' मगर समुदायका युवाहरू राजनीतिक नेतृत्वमा आउनुपर्नेमा बलम्पाकीको जोड थियो।

कम्युनिष्ट राजनीतिमा लामो पृष्ठभुमी बोकेका नेता बलम्पाकी माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा एमाले प्रवेश गरेका थिए।

प्रकाशित मिति: : 2021-04-08 20:55:00

प्रतिकृया दिनुहोस्